काठमाडौं । श्रम संस्कृति पार्टीको निरन्तर विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल भइरहेको थियो । छलफलका क्रममा मन्त्रीहरूले जवाफ दिइरहेका थिए ।
सो बीचमा श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्कराज राई साम्पाङले मन्त्रीले जवाफ दिइसकेपछि पनि स्पष्टीकरण सोध्ने प्रयास गरेका थिए ।
श्रम संस्कृति पार्टीका सांसदहरूले भने वेल घेराउ गरे । त्यसपछि सभामुख अर्यालले कर्तव्य पालना गर्न सचेत गराए ।
सभामुख अर्यालले पटकपटक आसनग्रहणका लागि अनुरोध गरे । सभामुख अर्यालका अनुसार, बैठक आजै १५ मिनेटका लागि स्थगित गरिएको हो ।




















प्रतिक्रिया