काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा जारी ऋणपत्रको सूचीकरण खारेज भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्सेमा) साबिकको नेपाल इभेष्टमेन्ट बैंकको ‘१०.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर २०८२’को सूचीकरण खारेज भएको हो ।
बैंकबाट प्राप्त निवेदन बमोजिम बैंकले जारी गरेको ७ बर्षे अवधिको प्रतिसेयर अंकित मूल्य रु १ हजार दरको २० लाख कित्ता ऋणपत्रको सूचीकरण खारेज भएको हो ।
सो ऋणपत्र असार ३ गतेपश्चात परिपक्व हुने भएकाले असार ३ गतेको कारोबार समयपश्चात सूचीकरण खारेज भएको नेप्सेले जनाएको छ ।




















प्रतिक्रिया