काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आगामी असार तेस्रो हप्तादेखि सुकुम्वासीलाई लालपुर्जा वितरण सुरु हुने बताएकी छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सुकुम्वासी समस्या समाधानका लागि सरकारले नयाँ कार्ययोजनाका साथ काम गरिरहेको दाबी गरिन्।
विगत ३० वर्षमा १२ लाख निवेदन पाए पनि हालसम्म नौ हजारले मात्र लालपूर्जा पाएको उनले विवरण सार्वजनिक गरिन्। अब जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठन हुने समितिले सुकुम्वासी व्यवस्थापनको काम गर्ने र केन्द्रमा विज्ञहरूको समितिले काम गर्ने उनले बताइन्।
यी काम सकेपछि असार तेस्रो सातादेखि लालपूर्जा वितरण गर्न सुरु गरिने उनले बताएकी थिइन्। उनले भनिन्, ‘लालपूर्जाको हकमा हामीले काम सुरु गरिसकेका छौँ। अब असारको तेस्रो हप्तादेखि हामीले लालपूर्जा वितरण गर्ने काम सुरुवात गर्ने छौँ।’




















प्रतिक्रिया