Logo

समाचार

विद्युत् नियमन आयोगको अध्यक्ष छनोट प्रक्रिया अगाडि बढ्यो, ६ जना सर्टलिस्टमा (सूचीसहित)



काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको ‘विद्युत् नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समिति’ले आयोगको अध्यक्ष पदका लागि आवेदन दिएका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको कार्यक्रम सार्वजनिक गरेको छ।

समितिले बुधबार सूचना जारी गर्दै स्वीकृत मापदण्डअनुसार आवश्यक न्यूनतम शैक्षिक योग्यता तथा कार्य अनुभव पूरा गरेका उम्मेदवारहरूमध्ये व्यावसायिक कार्ययोजनाको मूल्याङ्कनमा ५० प्रतिशत वा सोभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारहरूलाई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनोट गरिएको जनाएको छ।

सूचनाअनुसार अध्यक्ष पदका लागि छनोट भएका ६ जना उम्मेदवारलाई असार ६ गते मन्त्रालयको सचिवको बैठक कक्षमा उपस्थित भई व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्तामा सहभागी हुन आह्वान गरिएको छ। कार्यक्रम दुई फरक समयमा सञ्चालन हुने जनाइएको छ।

समितिले उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धात्मक तथा योग्यतामा आधारित बनाउन कार्ययोजना मूल्याङ्कन र अन्तर्वार्ताको व्यवस्था गरिएको जनाएको छ।

विद्युत् नियमन आयोगको नेतृत्व चयन प्रक्रिया अन्तर्गत हुने उक्त प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि समितिले योग्य उम्मेदवारको नाम सरकारसमक्ष सिफारिस गर्ने बताइएको छ।

 

प्रकाशित मिति : ३ असार २०८३, बुधबार २१:३५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।