चितवन। नारायणगढ-मुग्लिन सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे इच्छाकामना ५ तुइनखोलामा पहिरो खसेपछि सडकमा यातायात सेवा अवरुद्ध भएको थियो।
सडक सुपरभाइजर इश्वर क्षेत्रीका अनुसार पहिरो हटाएपछि अहिले दुईतर्फी सञ्चालनमा आएको जानकारी दिए।
नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खोलामा पहिरो र ढुङ्गा खस्ने हुँदा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।




















प्रतिक्रिया