काठमाडाैं । एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओ धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज बाँडफाँड गरेको हो ।
कम्पनीले गत जेठ २२ गतेदेखि जेठ २७ गतेसम्म आम सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७०० कित्ता सेयर जारी गरेको थियो ।
कम्पनीको आईपीओमा कुल २६ लाख ८७ हजार ४२१ जनाले २ करोड ८८ लाख ३३ हजार ७२० कित्ता सेयर खरिदका लागि आवेदन दिएका छन् । यसमध्ये २६ लाख ४१ हजार ९५९ आवेदन सदर भएको छ ।
कुल सदर आवेदकमध्ये ६५ हजार ५७० जनालाई १० कित्ताका दरले ६ लाख ५५ हजार ७०० कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी आवेदकको हात भने खाली भएको छ ।
यो आईपीओमा मागभन्दा बढी आवेदन परेकाले आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट गरिएको थियो । आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।




















प्रतिक्रिया