Logo

अर्थ

सामान्य घट्यो सुनचाँदी मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । सुनको मूल्य तोलामा १ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार २ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी आज तोलामा ३५ रुपैयाँ घटेसँगै ४ हजार ९४५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार ११:३३   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।