Logo

अर्थ

सेयर बजारमा सामान्य गिरावट, ३ अर्ब ४१ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक ५.०६ अंकले घटेर २,७०० को विन्दुमा कायम भएको छ ।

आज ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८१ कम्पनीको मूल्य घटेको छ ।

आज ३ अर्ब ४१ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको सेयर कारोबार भएको छ । यस कम्पनीको ३१ करोड ९८ लाख रुपैयााको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एपोलो हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै प्रभु बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाइधनीले ५.५४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार १५:१२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।