Logo

अर्थ

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडाैं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । असार ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०८१/८२ का लागि लाभांश घोषणा गरेको हो ।

बैठकले उक्त आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८५७ प्रतिशत बोनस सेयर र ०.२२५६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

कम्पनीद्वारा प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार ११:१७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।