Logo

प्रमुख समाचार

सांसद रौनियारको निलम्बन फुकुवा नगरे संसद अवरुद्ध गर्ने फोरमको निर्णय



सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालले निलम्बनमा परेका आफ्नो पार्टीका सांसद हरिनारायण रौनियारको निलम्बन फुकुवा नगरे सडकदेखि सदनसम्म संघर्ष गर्ने निर्णय गरेको छ ।

पार्टीको हिजो राति सम्पन्न संसदीय दलको बैठकले यस्तो निर्णय गरेको फोरमका एक सांसदले जानकारी दिए । रौनियारको निलम्बलन फुकुवा गर्न पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादव आँफै कस्सिएका छन् ।

यादवले बैठकमा रौनियारको निलम्बन तत्काल फुकुवा नगरे सडकदेखि संसदसम्म अवरुद्ध गर्छु भनेर उपेन्द्रले आफ्नो भनाई राखेका थिए । स्रोतका अनुसार यादवले हिजो रौनियारको निलम्बन फुकुवाबारे पार्टीले सशक्त आवाज नउठाएर गल्ती गरेको भएपनि अब त्यस्तो नहुने स्पष्ट पारेका थिए ।

स्रोतकाअनुसार भोलि (आईतबार) फोरमले सभामुख कृष्णबहादुर महरालाई रौनियारको निलम्बन फुकुवाबारे ज्ञापनपत्र बुझाउने भएको छ । र, पर्सीसम्म निलम्बन फुकुवा नगरे संसदमा पनि अवरोध गर्ने फोरमले निर्णय गरेको छ ।

Comments

प्रकाशित मिति : माघ १९, २०७५ शनिबार  ५ : ०१ बजे