काठमाडाैं । आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । आज सुनको मूल्य ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज एक तोला सुनको मूल्य २ लाख ८७ हजार ३ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार भने सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी पनि महङ्गिएको छ । चाँदी ५० रुपैयाँले उकालो लाग्दै प्रतितोला ४ हजार ६९० रुपैयाँ पुगेको छ ।




















प्रतिक्रिया