काठमाडौं । चितवनको भरतपुरमा आजबाट सुरु हुने सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा विभिन्न दलका नेताहरू सहभागी हुने भएका छन् ।
उक्त महाधिवेशनमा नेपाली कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय प्रजातन्त्रका अध्यक्ष राजेन्द्र लिङदेन र जनमतका अध्यक्ष डा.सिके राउत, जनता समाजवादीका उपेन्द्र यादव एकै मञ्चमा देखिने छन् ।
उनीहरू शुभकामना दिनका लागि महाधिवेशनमा सहभागी हुन लागेका हुन् । जसका लागि राप्रपाका राजेन्द्र लिङ्देन कार्यक्रम स्थलमा पुगिसकेका छन् ।
यस्तै, प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) पनि छोरी र श्रीमती सबिना काफ्लेहित कार्यक्रमस्थलमा पुगिसकेका छन् । उनले महाधिवेशनको घण्टी बजाएर कार्यक्रम उद्घाटन गर्ने तय भएको छ ।




















प्रतिक्रिया