Logo

समाचार

प्रहरीमाथि आक्रमणपछि गोली चल्यो, दुई भारतीय लागुऔषध कारोबारी पक्राउ



काठमाडौं । सिरहामा प्रहरीले गोली प्रहार गरेर दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्लाका रञ्जित कुमार पासवान र एक १६ वर्षीय किशोर रहेका छन्। नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर पासवान घाइते भएका छन्।

उनीहरूको साथबाट १०१ ग्राम ६ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।

भारतीय सीमानजिक लागुऔषध कारोबार भइरहेको सूचनापछि पुगेको प्रहरी टोलीमाथि ढुंगामुढा भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र घुँडामुनि गोली प्रहार गरेको थियो।

घटनामा एक प्रहरी जवान पनि घाइते भएका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा पासवानले नेपालमा १० देखि १२ किलोसम्म ब्राउन सुगर आपूर्ति गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ७ असार २०८३, आईतवार २१:४२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।