Logo

प्रमुख समाचार

रास्वपा महाधिवेशन : आजदेखि बन्द सत्र, निर्वाचन प्रक्रिया पनि अघि बढाइयो



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि चितवन प्रदर्शनी केन्द्रमा बन्द सत्र सुरु हुँदैछ।

बन्द सत्रमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने विधान संशोधनसहित विभिन्न प्रस्तावमाथि छलफल हुनेछ।

महाधिवेशनसँगै निर्वाचन प्रक्रिया पनि अघि बढाइएको छ। आज बिहान १० बजे महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिनेछ।

दिउँसो १ बजेदेखि सभापति र केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी फाराम वितरण तथा २ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ।

उम्मेदवारहरूको अन्तिम नामावली आज राति ११ बजे प्रकाशन गरिनेछ भने मंगलबार बिहान ८:३० बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदान हुनेछ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार ०७:२२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।