Logo

अर्थ

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेकाे छ। आज सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

योसँगै प्रतितोला आज सुन २ लाख ८८ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलमा २ लाख ८७ हजार ३०० रुपैयाँमा किनबेच भएको छ।

आज चाँदी तोलामा ४० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ७३० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलमा ४ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार ११:०७   :  बजे

186
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।