काठमाडौं । आज सेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक १.४६ अंकले घटेर २,७०० को विन्दुमा कायम भएको छ ।
आज ११६ कम्पनीको सेयर मूल्य बढेको छ भने १४३ कम्पनीको मूल्य घटेको छ ।
आज ४ अर्ब ४४ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोपान फर्मास्युटिकल्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ३७ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै टक्सार पिखुवा खोला र याम्बालिङ हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै नेपाल बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ३.८७ प्रतिशतका दरले गुमाएका छन् ।




















प्रतिक्रिया