काठमाडौं । नबिल बैंकको ३ लाख ८९ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको ३ लाख ८९ हजार २५१ कित्ता सेयर बिक्रीमा राखिएको हो ।
यो सेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन् ।
निवेदन ३५ दिनभित्र दिनुपर्नेछ । इच्छुक संस्थापक शेयरधनीहरुले तोकिएको मितिभित्र काठमाडौंको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्न सकिने बैंकले जनाएको छ ।




















प्रतिक्रिया