काठमाडौं । प्रभु बैंकको करिब पौने १४ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको १३ लाख ७२ हजार ८७८ कित्ता सेयर बिक्रीमा राखिएको हो।
यो शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्। निवेदन ३५ दिनभित्र दिनुपर्नेछ । इच्छुक संस्थापक शेयरधनीहरुले तोकिएको मितिभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्न सक्नेछन्।




















प्रतिक्रिया