Logo

अर्थ

एनआईसी एशिया बैंकको हकप्रद सेयर निष्काशन गर्न बिक्री प्रबन्धक नियुक्त



काठमाडौं। एनआईसी एशिया बैंकले २ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त स्वीकृतिअनुसार बैंकले हाल कायम चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित दरका १४ करोड ९१ लाख ७५ हजार कित्ता साधारण सेयरको दुई सेयर बराबर एक (२ः१) सेयर (अर्थात् विद्यमान २ (दुई) कित्ता साधारण सेयर बराबर नयाँ १ (एक) कित्ता साधारण शेयर)को अनुपातमा साविक सेयरधनीका सेयर निष्काशन गर्ने भएको हो।

जसका लागि ७ अर्ब ४५ करोड ८७ लाख बराबरको प्रतिकित्ता १०० रुपैयाँको ७ करोड ४५ लाख ८७ हजार कित्ता हकप्रद साधारण सेयर निष्काशन गर्ने छ। उक्त हकप्रद सेयर निष्काशनका लागि आवश्यक अन्य नियामकीय स्वीकृति तथा प्रक्रिया पूरा गरी निष्काशन कार्य अगाडि बढाइने छ।

हकप्रद सेयर निष्काशनबाट प्राप्त हुने रकम बैंकको पूँजी संरचना सुदृढ बनाउन, पूँजी पर्याप्तता अनुपात थप मजबुत बनाउन तथा बैंकको दीर्घकालीन व्यवसायिक विस्तार एंव रणनीतिक योजनाहरु कार्यान्वयन गर्न उपयोग गर्ने योजना रहेको छ।

उक्त हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धि सम्झौता पत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख वित्तीय अधिकृत रुपेश लुइटेल र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरिएको छ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलवार १८:१४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।