काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनको सिलसिलामा चितवनमा रहेका गृहमन्त्री सुधन गुरुङको अम्लेटमा माछाको काँडा भेटिएपछि होटलका दुईलाई जना प्रहरीले नियन्त्रणमा लिएको छ।
आज बिहान एयरपोर्टअगाडिको लर्ड होटलमा ब्रेकफास्टमा अम्लेट खाने क्रममा माछाको काँडा भेटिएको थियो। यस क्रममा दुई जना कुकलाई नियन्त्रणमा लिइएको प्रहरी कार्यालय चितवनले जनाएको छ।
अम्लेटमा माछाको काँडा भेटिएपछि प्रमुख जिल्ला अधिकारीसहित खाद्य, प्रहरीलगायतको टोलीले लर्ड होटलको किचनको अनुगमन गरेको छ।




















प्रतिक्रिया