Logo

समाचार

गैरकानुनी रुपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ



काठमाडौं। गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न रहेको आरोपमा काठमाडौंको साविक मातातिर्थ गाविस ७ की ४७ वर्षीया चेतन  पौडेल पक्राउ परेकी छन्।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई चन्द्रागिरी नगरपालिका ८ स्थित एक स्वास्थ्य संस्थाबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार चन्द्रागिरी ८ मा सञ्चालित ‘स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्ट’मा पौडेल आफूले प्राप्त नगरेको चिकित्सकको उपाधि प्रयोग गर्दै आएको र नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्रबिनै बिरामीको आधुनिक चिकित्सा पद्धतिअनुसार निदान तथा उपचारमा संलग्न रहेको खुलेको छ।

उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तरगत इलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ११ असार २०८३, बिहीबार १९:०२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।