Logo

प्रमुख समाचार

रास्वपाका पदाधिकारी चयन गर्नका लागि मतदान सुरु



चितवन । रास्वपामा पदाधिकारी मतदान सुरु भएको छ । चितवनमा जारी महाधिवेशनमा पदाधिकारीका लागि मतदान सुरु भएको हो ।

रास्वपाको सभापतिमा यसअघि नै रवि लामिछाने निर्विरोध भइसकेका छन् भने, एक उपभापतिमा डा। स्वर्णीम वाग्ले पनि निर्विरोध भैसकेका छन् । अन्य पदमा भने आज निर्वाचन हुँदैछ ।

अब १ महामन्त्री, १ महिला उपसभापति र २ सहमहामन्त्री मतदानबाट निर्वाचित हुनेछन् । यस्तै एक जना महिला सहमहामन्त्री पदमा पनि निर्वाचित हुनेछन् ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार १३:५३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।