Logo

प्रमुख समाचार

रास्वपा पदाधिकारीमा को–को भए निर्वाचित (सूचिसहित)



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि सम्पन्न निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ। निर्वाचनबाट पाँच पदमा नयाँ नेतृत्व चयन भएको हो।

महिला उपसभापति पदमा सोबिता गौतम विजयी भएकी छन्। उनले ७८९ मत प्राप्त गर्दै प्रतिस्पर्धी तोसिमा कार्कीलाई पराजित गरिन्। कार्कीले ५७२ मत पाएकी छन्।

महामन्त्री पदमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्। उनले ६७३ मत प्राप्त गरी नेतृत्वमा स्थान सुरक्षित गरेका हुन्।

सहमहामन्त्री (खुला)तर्फ असिम शाह र हरि ढकाल विजयी भएका छन्। शाहले ४७१ मत प्राप्त गर्दा ढकालले ४१० मत ल्याएका छन्।

यस्तै, महिला सहमहामन्त्री पदमा निशा डाँगी निर्वाचित भएकी छन्। उनले ७३७ मत प्राप्त गर्दै उक्त पद आफ्नो पक्षमा पारिन्।

रास्वपाको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमार्फत पदाधिकारी चयन प्रक्रिया सम्पन्न भएको हो।

यसअघि सभापतिमा रवि लामिछाने र उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार २०:०४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।