Logo

अर्थ

वान बाई मेटलाइफ एपमार्फत व्यतित बीमालेख पुनःसक्रिय गर्दा विलम्ब शुल्कमा १००% छुट



काठमाडौं । मेटलाइफ नेपालले सीमित अवधिका लागि विशेष अभियान सञ्चालन गर्दै आफ्ना ग्राहकहरूलाई व्यतित बीमा पोलिसी पुनःसक्रिय गर्दा विलम्बशुल्कमा १००% सम्म छुट प्रदान गर्ने घोषणा गरेको छ ।

ग्राहकहरूले यो सुविधा वान बाई मेटलाइफ एप वा नजिकको शाखा कार्यालयमार्फत प्राप्त गर्न सक्नेछन् ।

अभियानका मुख्य विशेषताहरूः
पाँच वर्षभित्र व्यतित भएका पोलिसीहरू पुनःसक्रिय गर्दा विलम्बशुल्कमा १००% छुट
पाँच वर्षभन्दा बढी समयदेखि व्यतित रहेका पोलिसीहरू पुनःसक्रिय गर्दा विलम्बशुल्कमा ७५% छुट
वान बाई मेटलाइफ एप वा मेटलाइफको शाखा कार्यालयमार्फत सेवा उपलब्ध
अभियान अवधिः जुन १८ देखि जुलाई १६, २०२६ सम्म

यस अभियानमार्फत ग्राहकहरूले अतिरिक्त जरिवानामा बचत गर्दै आफ्नो बीमा सुरक्षा पुनःसुरु गर्न सक्नेछन्। वान बाई मेटलाइफ एप प्रयोग गर्ने ग्राहकहरूले शाखा कार्यालयमा उपस्थित नभई सम्पूर्ण प्रक्रिया सहज रूपमा सम्पन्न गर्न सक्नेछन् ।

एपमार्फत पोलिसी पुनःसक्रिय गर्न ग्राहकहरूले एपमा लगइन गरी माई इन्सुरेस अन्तर्गत रहेको निष्क्रिय पोलिसी चयन गर्नुपर्नेछ । त्यसपछि रेंस्तेट पोलिसी विकल्पमा गई आवश्यक विवरण भरेर अनुरोध पेश गर्न सकिनेछ। ग्राहकहरूले आफ्नो अनुरोधको अवस्था पनि एपबाटै सहज रूपमा हेर्न सक्नेछन्, जसले बारम्बार जानकारी लिनुपर्ने आवश्यकता हटाउँछ ।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, “हामी ग्राहकहरूका लागि बीमा सेवाहरूलाई अझ सरल, सहज र पहुँचयोग्य बनाउने दिशामा निरन्तर काम गरिरहेका छौं। वान बाई मेटलाइफ एपमार्फत पोलिसी पुनःसक्रिय गर्ने प्रक्रिया अहिले अझ छिटो, सजिलो र सुविधाजनक बनेको छ। हामी सबै ग्राहकहरूलाई यस विशेष अभियानको लाभ उठाई आफ्नो बीमा सुरक्षा पुनःस्थापित गर्न अनुरोध गर्दछौं ।”

ग्राहकहरूले चाहेको खण्डमा नजिकको मेटलाइफ शाखा कार्यालयमा गएर पनि पोलिसी पुनःसक्रिय गर्न सक्नेछन् ।

प्रकाशित मिति : १४ असार २०८३, आईतवार १७:२५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।