नेपालको राजनीतिबाट राणा, पञ्चायत र राजालाई विदा गरेको नेपाली कांग्रेसलाई नजिस्काउन कांग्रेसका नेता प्रकाशमान सिंहले कम्यूनिष्ट सरकारलाई चेतावनी दिएका छन् ।
सोमबार काठमाडौं जिल्ला कार्यसमितिले आयोजना गरेको विरोध कार्यक्रमलाई सम्वोधन गर्दै नेता सिंहले शालिनपूर्वक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको कांग्रेसलाई कजोर नठान्न उनले आग्रह गरे । ‘म यो सरकारलाई स्ट्रङ मेसेज दिन चाहन्छु, प्रतिपक्षीको भूमिका निभाउँदा कांग्रेसलाई कमजोर ठान्छ भने यो ठूलो भुल हुनेछ।’
दुई तिहाइको दम्भ बोकेको सरकारले जतिबेला पनि विदा हुन सक्ने बताए । राजा, पञ्चायत र राणाजस्तै कम्यूनिष्टलाई पनि कुन समय जनताले बिदा दिन्छ त्यसको ठेगान नभएको उनले बताए । ‘दुई तिहाईकाे घमण्ड चढेको छ तर निर्मला पन्तका हत्यारालाई ६ महिनासम्म पत्ता लगाउन सक्दैन, यस्तो सरकारलाई बलियो सरकार मान्न सकिदैन’ नेता सिंहले भने ।
विरोध कार्यक्रमा कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले कम्युनिष्टलाई मुसासँग तुलना गरे। ‘दम्भ र झुटको खेती गरेर कांग्रेसलाई कमजोर ठान्छ भने राणा , पञ्चायत र राजा विरुद्ध लडेको कांग्रेसका लागि कम्युनिस्ट कुन मुसो हो र ?’ जोशीले भने ।
प्रतिक्रिया