Logo

समाचार

भन्सार छली ल्याइएका २४ लाखका आइफोन सेट बरामद



लुम्बिनी। नियमित गस्तीमा रहेको प्रहरी टोलीले भन्सार छलेर भारतबाट ल्याइएका २४ लाख बराबरका मोबाइल फोनसेट बरामद गरेको छ।

रुपन्देहीको ओमसतिया गाउँपालिका ४ सानो बालापुरबाट २३ लाख ९० हजार बराबरका विभिन्न मोडलका एप्पल कम्पनीका आइफोन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

प्रकाशित मिति : १४ असार २०८३, आईतवार २०:०२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।