Logo

अर्थ

गण्डकी सरकारको विनियोजन विधेयक पारित



पोखरा । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याइएको विनियोजन विधेयक प्रदेशसभाबाट बहुमतले पारित भएको छ।

आइतबार बसेको प्रदेशसभा बैठकले आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले प्रस्तुत गरेको विनियोजन विधेयक मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलपछि बहुमतले पारित गरेको हो।

मन्त्री शेरचनले असार १ गते आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेका थिए।

विधेयकमाथिको छलफलका क्रममा मुख्यमन्त्री पाण्डेले बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत सुनिश्चित भइसकेको बताए। सरकारले यथार्थपरक र कार्यान्वयनयोग्य बजेट ल्याएको उल्लेख गर्दै उनले कार्यान्वयनका क्रममा स्रोत अभाव नहुने दाबी गरे।

“स्रोत सुनिश्चित गरेर बजेट ल्याइएको छ, कार्यान्वयनमा स्रोतको कमी हुँदैन,” उनले भने।

 

 

प्रकाशित मिति : १५ असार २०८३, सोमबार ०७:४७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।