Logo

अर्थ

सिद्धार्थ बैंकको करिब पौने ३ लाख कित्ता सेयर बिक्रीमा



काठमाडौं । सिद्धार्थ बैंकको करिब पौने ३ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको २ लाख ७२ हजार ७३७ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

यो सेयरमा इच्छुक अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि आवेदन दिन सक्नेछन् । यसअघि बैंककै संस्थापक शेयरधनीहरुलाई शेयर बिक्री खुला गरिएकोमा निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको हो ।

शेयर खरिदका लागि ७ दिनभित्र काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार १२:३२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।