काठमाडौं । सार्वजनिक तथा निजी सवारीसाधनमा जडान गरिएका कालो सिसा हटाउने अभियानलाई प्रभावकारी बनाउन गृहमन्त्री सुधन गुरुङले ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् ।
सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले अभियानलाई तीव्रता दिन आग्रह गर्दै आफूले प्रयोग गर्ने गाडीमा जडान गरिएको कालो सिसासमेत हटाउन निर्देशन दिए।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्ले तथा अन्य अधिकृतहरूसँग छलफल गर्दै उनले यस्तो निर्देशन दिए।
ट्राफिक प्रहरीले असार १४ गतेदेखि काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीसाधनमा टाँसिएका कालो स्टिकर हटाउने अभियान सुरु गरेको छ।





















प्रतिक्रिया