Logo

अर्थ

लघुवित्तको नाफामा तीव्र असमानता, निष्क्रिय कर्जा औसत १०.७१ प्रतिशत



काठमाडौं । नेपाल राष्ट्र बैंक (एनआरबी) ले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्मको लघुवित्त वित्तीय संस्थाहरूको अस्थायी वित्तीय सूचकांकले लघुवित्त क्षेत्रमा नाफा, निष्क्रिय कर्जा (एनपीएल) र वित्तीय स्वास्थ्यमा ठूलो असमानता देखाएको छ।

एनआरबीका अनुसार देशभर सञ्चालनमा रहेका ५१ वटा लघुवित्त संस्थाको कुल कर्जा लगानी रु. ५२७ अर्ब ५ करोड पुगेको छ भने कुल निक्षेप रु. २२३ अर्ब १६ करोड र कुल सापटी रु. २३९ अर्ब ८८ करोड रहेको छ। कृषि क्षेत्रमा मात्रै रु. ३०१ अर्ब ७९ करोड कर्जा प्रवाह भएको छ, जुन कुल कर्जाको ६१.१८ प्रतिशत हो।

प्रतिवेदनअनुसार लघुवित्तहरूको औसत निष्क्रिय कर्जा (NPL) १०.७१ प्रतिशत पुगेको छ। यो अनुपात अझै उच्च रहेकाले लघुवित्त क्षेत्रले कर्जा असुली र सम्पत्ति गुणस्तरमा चुनौती झेलिरहेको संकेत गरेको छ।

औसत कोलेटरल–आधारित कर्जा १३.३२ प्रतिशत रहेको छ भने वार्षिकीकृत सम्पत्तिमा प्रतिफल (ROA) १.४७ प्रतिशत र इक्विटीमा प्रतिफल (ROE) ११.५८ प्रतिशत रहेको छ।

प्रतिवेदनले केही संस्थाले उल्लेखनीय नाफा कमाए पनि कतिपय लघुवित्त अझै घाटामा रहेको देखाएको छ। सबै लघुवित्तहरूको संयुक्त खुद नाफा रु. ७ अर्ब ६ करोड ९५ लाख पुगेको छ।

थोक (Wholesale) लघुवित्तहरूको औसत वित्तीय अवस्था खुद्रा (Retail) लघुवित्तको तुलनामा बलियो देखिएको छ। थोक लघुवित्तहरूको औसत निष्क्रिय कर्जा ४.५५ प्रतिशत मात्रै रहे पनि खुद्रा लघुवित्तहरूको औसत ११.३२ प्रतिशत पुगेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको यो विवरण अस्थायी (Provisional) भएकाले अन्तिम वित्तीय विवरणमा केही तथ्यांक परिवर्तन हुन सक्ने जनाएको छ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलवार ०६:४६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।