Logo

अर्थ

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ६०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनकाे मूल्य ताेलामा २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य ४ हजार २७० रुपैयाँमा कारोबार भएको छ । मंगलबार ४ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार ११:२२   :  बजे

402
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।