Logo

समाचार

पूर्वडिआइजी अर्जुन चन्द ठकुरीको निधन



काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआइजी) अर्जुन चन्द ठकुरीको निधन भएको छ ।

घरमै लडेर घाइते भएका चन्दको बुधबार बिहान मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । चन्द १० दिनअघि भैंसेपाटीस्थित आफ्नै निवासमा लडेर घाइते भएका थिए । लडेर उनको टाउकोमा चोट लागेको थियो ।

उनको आजै पशुपतिमा अन्त्यष्टि गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार १२:००   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।