काठमाडाैं । नेपाल राष्ट्र बैंकले आजपनि ४५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज अनलाइन बोलकबोलमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ख’ नामक १ वर्षे ऋणपत्र जारी गर्न लागेको हो ।
यो ऋणपत्रको साँवा भुक्तानी २०८४ असार १७ गते हुनेछ र ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।
यो ऋणपत्रको बोलकबोलमा क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने छन् । ऋणपत्रको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुने राष्ट्र बैंकले उल्लेख गरेको छ । यसको बोलकबोल आज दिउँसो ३ बजे अनलाइन माध्यमबाट हुनेछ ।





















प्रतिक्रिया