Logo

समाचार

पत्रकार खेम भण्डारी पक्राउ



काठमाडौं । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले आज बिहान ७ बजे भीमदत्त नगरपालिका–१८ बाट भण्डारीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो ।

अदालतले २०८२ साल चैतमा गालीगलौजसम्बन्धी मुद्दामा भण्डारीलाई १ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेकोमा उच्च अदालतले थप ७ दिन कैद र २ हजार रुपैयाँ जरिवाना गरेको प्रहरीले जनाएको छ ।

सोही फैसला कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार १०:५६   :  बजे

282
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।