Logo

अर्थ

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा राखेको छ । बैंकले ५ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले तोकिएको म्यादभित्र बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाण्डौमा के कति सेयर खरिद गर्ने हो सबै व्यहोरा खुलाई निवदेन दिन सक्नेछन् ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार ११:०१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।