Logo

अर्थ

सुनको मूल्यमा उच्च वृद्धि, तोलाको कति पुग्यो?



काठमाडाैं । आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य ताेलामा ६ हजार २ सय रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँमा काराेबार भएकाे थियो ।

त्यस्तै चाँदी आज १८० रुपैयाँले बढेकाे छ । अघिल्लो दिन प्रतितोला ४ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ४ हजार ४५० रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार ११:१९   :  बजे

774
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।