Logo

प्रमुख समाचार

विष्णु पौडेलविरुद्ध ६ दिन म्याद थप



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध ६ दिन म्याद थप भएको छ । सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानको क्रममा पक्राउ परेका पौडेललाई तेस्रोपटक म्याद थप गरिएको हो ।

आज विशेष अदालतका सदस्यहरू न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासबाट ६ दिनको म्याद थप गरिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ गरिएका पौडैललाई यसअघि ९ गते ७ दिन र १५ गते ३ दिनको म्याद थपिएको थियो ।

 

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार १४:४०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।