Logo

समाचार

कर्णाली राजमार्गमा फेरि अर्को दुर्घटना



सुर्खेत। कालिकोटको खाँडाचक्र नगरपालिका–२ स्थित सेरिघाट बजारमा मुगुबाट आउँदै गरेको १०८३ नम्बरको  एसएमएल गाडी अनियन्त्रित भई बिहीबार दुर्घटनामा परेको छ।

गाडीमा सवार सबै सकुशल रहेका छन् भने केहीलाई सामान्य चोट लागेको छ । गाडी ब्रेक फेल भएर पल्टिएको बताइएको छ।

यसअघि कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा माइक्राेबस दुर्घटना भएको थियो।

कर्णाली ०३–००१ ख १०५५ नम्बरको उक्त गाडी सडकबाट करिब ५०० मिटर तल नदीमा खसेको हो। दुर्घटनामा एक जनाको शव फेला परेको छ ।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार १८:५६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।