Logo

प्रमुख समाचार

एमाले पार्टी कार्यालयबाटै पूर्वसांसद कोइरी पक्राउ



जनकपुर ।नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्।

सशस्त्र प्रहरी सहायक निरीक्षक थमन बिक हत्यामा प्रकरणमा उच्च अदालतले जनकपुरले दोषी ठहर गरेपछि उनलाई महोत्तरी प्रहरीले बिहीबार साँझ पक्राउ गरेका छन्।

बुधबार उच्च अदालत जनकपुरले पाँच वर्षको कैद फैसला सुनाएपछि बिहीबार महतो गौशाला नगरपालिका-५ स्थित नेकपा एमालेको पार्टी कार्यालयको अगाडिबाट उनलाई पक्राउ गरिएको महोत्तरी प्रहरी प्रबक्ताले जानकारी दिए।

२०७२ भदौ २५ तेस्रो मधेस आन्दोलनका क्रममा डिउटीमा खटिएका प्रहरी बिक घाइते भएपछि उनलाई उपचारका लागि जनकपुर लैजाँदै गर्दा एम्बुलेन्सबाट निकालेर हत्या गरेका थिए।

उनको हत्यामा पूर्वसांसद कोइरीको पनि संलग्नता पाएपछि उच्च अदालतले पाँच वर्षको कैद फैसला सुनाएका थिए। महोत्तरी जिल्ला अदालतले सांसद महतोलाई सफाइ दिइएको थियो।

प्रकाशित मिति : १८ असार २०८३, बिहीबार २१:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।