Logo

प्रमुख समाचार

सरकार बहुमतको दम्भमा तानाशाही बन्दै अघि सरेको हामीले पाठ सिकाउनुपर्छ : सिटौला



प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार बहुमतको दम्भमा तानाशाही बाटोमा अघि सरेको आरोप लगाएका छन् । सरकारको एक वर्षे कार्यकालको मुल्यांकन गर्दा लोकतान्त्रिक चरित्रमा अघि नबढेकोले खबरदारी गर्नुपर्ने परिस्थिति बनेको उनको तर्क थियो ।

नेपाली काँग्रेसको पार्टी सुदृढिकरण अभियानका क्रममा धनकुटा पुगेका नेता सिटौलाले मंगलबार बिहान पत्रकार भेलामा उक्त कुरा बताएका हुन् । पार्टीका महामन्त्री समेत रहेका सिटौलाले सरकारले दृष्टि गुमाएकोले दृष्टि फर्काउन कांग्रेसको प्रयास रहेको उल्लेख गरे । प्रमुख प्रतिपक्षको हैसियतले सरकारलाई सचेत गराउन आफ्नो पार्टी अघि सरेको भन्दै उनले सरकार सच्चिएर जान जरुरी रहेको तर्क राखे ।

हिजो देखि आज सम्म ‘हामीले सरकारको दृष्टि फर्काउन खबरदारी गरेका हौं’, उनले भने, ‘सरकार दुई तिहाइको दम्भ नदेखाई लोकतान्त्रिक चरित्रमा हिँड्नु पर्छ ।’

केपी ओली नेत्रित्वको सरकारले महाअभियोगको डण्डा देखाएर संवैधानिक अंगमा प्रतिपक्षलाई वेवास्था गरेर हस्तक्षेपकारी भुमिका निभाएको सिटौलाले आरोप लगाए । यसैबिच फरक प्रसंगमा सिटौलाले कांग्रेस पार्टीको मुहान धमिलो भएकोले सङ्लो बनाउने अभियानमा आफू जिल्ला भ्रमणमा निस्किएको बताए ।

नेपाली काँग्रेसको आगामी महाधिवेशनमा सभापति पदको प्रत्यासी हुन जनमत बटुल्न देश दौडाहामा निस्कनु भएको हो ? भन्ने पत्रकारको प्रश्नमा सिटौलाले नानी पाउनु कहिलेकहिले कोक्रो बुन्नु अहिले भन्ने ठट्यौली गरे । सिटौला मुलुकभरका ५९ जिल्लाको भ्रमणका क्रममा प्रदेश नं. १ का जिल्लामा छन् ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलवार ०७:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।