Logo

खेलकुद

गोल्डेन बुटको दौडमा ५ खेलाडी अग्रस्थानमा, मेस्सी र एम्बाप्पेबीच कडा प्रतिस्पर्धा



काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत नकआउट चरण जारी रहँदा गोल्डेन बुट (सर्वाधिक गोलकर्ता)को प्रतिस्पर्धा थप रोमाञ्चक बनेको छ । अन्तिम १६ सम्म आइपुग्दा पाँच खेलाडी गोल्डेन बुटको दौडमा अग्रस्थानमा रहेका छन्।

हाल फ्रान्सका किलियन एम्बाप्पे र अर्जेन्टिनाका लियोनेल मेस्सी समान ७–७ गोल गर्दै शीर्ष स्थानमा छन्। फ्रान्सलाई क्वार्टरफाइनलमा पुर्‍याउने क्रममा एम्बाप्पेले निर्णायक गोल गरेपछि उनले मेस्सीसँग बराबरी गरेका हुन्।

त्यसैगरी, नर्वेका एर्लिङ हालान्ड र इंग्ल्यान्डका ह्यारी केन समान ५–५ गोल सहित संयुक्त तेस्रो स्थानमा छन्। फ्रान्सकै उस्मान डेम्बेले ४ गोलसहित पाँचौं स्थानमा रहेका छन्।

विश्वकप उपाधिको प्रतिस्पर्धासँगै गोल्डेन बुटको दौड पनि चर्किंदै गएको छ। नकआउट चरणमा प्रत्येक गोल निर्णायक बन्ने भएकाले शीर्ष गोलकर्ताहरूबीचको प्रतिस्पर्धा अझ रोचक हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २१ असार २०८३, आईतवार १५:४६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।