Logo

अर्थ

एनआईसी एशिया बैंकद्धारा भक्तपुरस्थित बाल विनायक आधारभूत विद्यालयमा सहयोग



काठमाडौं । एनआईसी एशिया बैंकले सूर्यविनायक नगरपालिका २, बालकोटमा रहेको बाल विनाय आधारभूत विद्यालयमा ल्यापटप तथा कम्प्युटर सहयोग गरेको छ ।

विद्यार्थीहरूको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरेको जनाएको छ ।

हाल १७० भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको उक्त विद्यालयमा मिति २०८३ आषाढ २२ गते एक विशेष कार्यक्रमका बीच यस बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रन्जन खड्का र बैंकका काठमाडौं पूर्वका सर्कल हेड गणेश पौडेलले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सूर्यविनायक नगरपालिका २ का अध्यक्ष जनार्दन खड्का र विद्यालयका प्रधानाध्यापक सविना राजभण्डारीलाई संयुक्त रुपमा एक थान ल्यापटप र ३ थान डेस्कटप कम्प्युटर हस्तान्तरण गरे ।

सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थीहरू र बैंकका तर्फबाट बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकले उपलब्ध गराएको उक्त सहयोगले विद्यार्थीहरूको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न तथा सूचना प्रविधि क्षेत्रमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलवार ११:५२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।