Logo

अर्थ

मौद्रिक नीतिको समीक्षाः निजी आवासीय घर निर्माण/खरिद गर्न प्रवाह गर्ने कर्जाको सीमा बढ्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले निजी आवासीय घर निर्माण तथा खरिदका लागि प्रवाह गरिने कर्जाको अधिकतम सीमा बढाएको छ । आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षामार्फत बैंकले यस्तो कर्जाको सीमा साविकको २ करोडबाट बढाएर ३ करोड पुर्‍याएको हो।

राष्ट्र बैंकले पहिलो पटक घर निर्माण वा खरिद गर्ने व्यक्तिका लागि कर्जा–मूल्य (Loan-to-Value) अनुपात बढीमा ८० प्रतिशत सम्म कायम गर्न सकिने व्यवस्था गरेको छ। यस्तै, दोस्रो वा सोभन्दा बढी घर निर्माण तथा खरिद गर्नेहरूको हकमा भने यस्तो अनुपात ७० प्रतिशत सम्म कायम गर्न सकिने उल्लेख गरिएको छ।

राष्ट्र बैंकका अनुसार आवासीय क्षेत्रलाई थप सहज रूपमा वित्तीय पहुँच उपलब्ध गराउने तथा घर निर्माण तथा खरिदलाई प्रोत्साहन गर्ने उद्देश्यले कर्जाको सीमा वृद्धि गरिएको हो।

प्रकाशित मिति : २३ असार २०८३, मंगलवार १५:०९   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।