Logo

प्रमुख समाचार

नेविसंघको अधिवेशन माघ २६ र २७ मा, तयारी तीव्र, कसले मार्ला बाजी ?



प्रमुख प्रतिपक्षमामा रहेको ठुलो दल नेपाली काँग्रेसको भात्रृ संगठन नेपाल विद्यार्थी संघ गुल्मीको १२ औं जिल्ला अधिवेशनको मिति नजिकिएसंगै जिल्लामा अधिवेशनको रौनकता बढ्न थालेको छ । १२ औं जिल्ला अधिवेशन यही माघ २६ र २७ गते गर्ने मिति तय गरेको छ ।

जिल्लामा रहेका प्रत्येक विद्यालय र देशको संघीय संरचना अनुसार तयार पारिएको नेविसंघको विधान बमोजिम जिल्लामा रहेका स्थानीय तहहरु १० वटा गाउँपालिका र २ वटा नगरपालिकामा समेत नेपाल विद्यार्थी संघको प्रथम पालिका अधिवेशन भव्यताका साथ सम्पन्न भएको नेपाल विद्यार्थी संघ गुल्मीका कार्यवहाक सभापति झविन्द्र पाण्डेले जानकारी दिए ।

अधिवेशनको मिति नजिकिएसंगै अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्नका लागि नेविसंघ गुल्मीले कार्य विभाजन गरेको छ ।मङ्गलबार नेपाली काँग्रेस गुल्मीको पार्टी कार्यालय वीपी स्मृति भवन तम्घासमा बसेको बैठकले अधिवेसनलाई भव्य रुपमा सम्पन्न गर्नका लागि कार्य विभाजन गरिएको थियो ।

अधिवेशनलाई भव्य बनाउनका लागि पूर्ण तयारीका साथ अगाडि बढ्ने हेतुले बैठकको आयोजना गरिएको विद्यार्थी विभागका प्रमुख भगत सिंह खड्काले जानकारी दिए ।

नेविसंघ काँग्रेसको भ्रातृ संस्था नभएर मातृ संस्था हो । नेविसंघ बलियो नभएसम्म पार्टी बलियो नहुने भन्दै कुनै पनि हालतमा अधिवेशन माघ २६ र २७ मै सम्पन्न गर्नका लागि नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले आग्रह गरे ।

अधिवेशन सम्पन्न गर्नका लगि आठ विभागमा कार्य विभाजन गरि संयोजक समेत नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदर्शन खनालले बताए ।

जसमा सचिवालय र आर्थिक समिति संयोजकमा संयोजकमा तोमलाल पन्थी, स्वयम सेवक परिचालन समिति संयोजकमा शुसिल कुमार बस्नेत, प्रचार प्रसार समिति संयोजकमा सुर्य प्रसाद खनाल, आवास समिति संयोजकमा कमल पोखरेल, मञ्च व्यवस्थापन समिति संयोजक रामजी पन्थी, अतिथि सत्कार समिति संयोजकमा प्रमिला कार्की, सांस्कृतिक संयोजक कमल काउछालाई जिम्मेवारी प्रदान गरिएको नेविसंघ गुल्मीले जनाएको छ ।

जिल्ला अधिवेशनको लागि जिल्लामा रहेका विद्यालय र स्थानीय तहहरुबाट करिब ४ सय प्रतिनिधिको सहभागिता रहने छ ।

प्रकाशित मिति : माघ २३, २०७५ बुधबार  ३ : ४२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।