Logo

खेलकुद

विश्वकपको सेमिफाइनल समीकरण पूरा, उपाधि होडमा सबै पूर्व विजेता



काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समिकरण पूरा भएको छ । क्वाटरफाइनल अन्तर्गत अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको खेल सकिएसँगै सेमिफाइनल खेल्ने चारै टोलीको टुंगो लागेको हो ।

फिफा वरीयतामा माथि रहेका चार वटै टीम फ्रान्स, अर्जेन्टिना, स्पेन र इङ्ल्यान्डले सेमिफाइनलमा स्थान बनाएका छन् ।

वरीयतामा पहिलो स्थानमा रहेको फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । यस्तै, स्पेनले बेल्जियमलाई २–१ ले तथा इङ्ल्यान्डले नर्वेलाई २–१ गोलले नै पराजित गर्दै अन्तिम चारमा स्थान बनायो ।

साविक विजेता अर्जेन्टिना स्विट्जरल्यान्डमाथि ३–१ को जितसहित सेमिफाइनल खेल्ने चौथो टोली बन्यो ।

सेमिफाइनल पुग्ने चारै टिम पूर्व विजेता हुन् । साविक विजेता अर्जेन्टिना ३ पटकको विजेता हो भने फ्रान्सले २ तथा इंग्ल्यान्ड र स्पेनले समान १ पटक उपाधि जितेका छन् ।

अब पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेनबीच असार ३१ गते अमेरिकाको डालास स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार विहान पौने १ बजे सुरु हुनेछ ।

यस्तै इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको दोस्रो सेमिफाइनल असार ३२ गते बिहीबार अमेरिकाकै एटलान्ट स्टेडियममा हुनेछ । यो खेल पनिन पाली समय अनुसार विहान पौने १ बजे सुरु हुनेछ ।

सेमिफाइनलका विजेता टिमले साउन ४ गते अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा फाइनल खेल्नेछन् ।

 

प्रकाशित मिति : २८ असार २०८३, आईतवार ११:४६   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।