Logo

अर्थ

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका ९ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग र सहजीकरणमा दार्चुलाका ९ जना विपन्न नागरिकको आँखाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न भएको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गत वैशाख २९ र ३० गते जिल्ला अस्पताल दार्चुला र दुहुँ गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएका ११ जनामध्ये ९ जनाको गेटा आँखा अस्पताल, डडेल्धुरामा शल्यक्रिया गरिएको हो । बाँकी २ जनाको भने स्वास्थ्य अवस्थाका कारण शल्यक्रिया गर्न सम्भव नभएको बैंकले जनाएको छ ।

यसअघि सञ्चालित दुवै शिविरमा ७ सयभन्दा बढी नागरिकको निःशुल्क आँखा परीक्षण गरिएको थियो, जसमध्ये ५४७ जनालाई चस्मा र ६०० जनालाई औषधि समेत वितरण गरिएको थियो ।

हाल साङ्ग्रिला डेभलपमेन्ट बैंकले देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम् मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंकले आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएकाे छ ।

प्रकाशित मिति : ३० असार २०८३, मंगलवार १३:५५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।