Logo

विविध

जेनजी आन्दोलनमा जलेका सामानको लगत कट्टा गर्ने बागमती सरकारको निर्णय



हेटौँडा । बागमती सरकारले जेनजी आन्दोलनमा जलेको जिन्सी सामानको लगत कट्टा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गत भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा आगजनीका कारण खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिन्सी सामानमा भएको क्षतिलाई मिनाहा दिएर लगत कट्टा गर्ने निर्णय गरेको हो ।

सरकारले सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (पाम्स)बाट जलेका सामानहरूको लगत कट्टा गर्नेगरी बैठकले निर्णय गरेको हो । सो मन्त्रालयको १ करोड ६० लाख रुपैयाँको जिन्सी सामग्रीहरु लगत कट्टा गर्ने मन्त्रिपरिषदले निर्णय गरेको हो ।

५ लाख माथिको जिन्सी सामानको लगत कट्टा गर्न मन्त्रिपरिषदको निर्णय अनिवाय रहने व्यवस्था रहेको छ ।

सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी दोस्रो संशोधन ऐनलाई प्रदेश सभामा पठाउने निर्णय गरिएको छ ।

सामाजिक विकास मन्त्रालय मार्फत प्रदेशमा अपांगता भएका व्यक्तिहरुको अधिकार व्यवस्थापन सम्बन्धी विधेयकको मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको उनले बताए ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार १९:०९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।