काठमाडाैं । अर्जेन्टिना र स्पेनबीच हुने फिफा विश्वकप २०२६ को फाइनलको टिकट अमेरिकामा आयोजना भएका कुनै पनि खेलकुद प्रतियोगिताको इतिहासमै सबैभन्दा महँगो बनेको छ ।
दोस्रो बजार (रिसेल मार्केट)मा टिकट बिक्री गर्ने कम्पनी टिकपिकका अनुसार विश्वकप फाइनलका टिकटले सुपर बाउल र एनबीए फाइनलजस्ता प्रतिष्ठित प्रतियोगिताका टिकटको मूल्यसमेत उछिनेका छन् ।
फाइनलका लागि सबैभन्दा सस्तो ‘गेट–इन’ टिकटको मूल्य ६ हजार ९४३ अमेरिकी डलर पुगेको थियो। अर्जेन्टिनाले इंग्ल्यान्डलाई पराजित गर्दै फाइनलमा स्थान बनाएपछि उक्त टिकटको मूल्य बढेर ७ हजार २०० अमेरिकी डलर पुगेको टिकपिकले जनाएको छ ।
टिकपिकका अनुसार हाल फाइनल टिकटको औसत खरिद मूल्य ११ हजार ३२७ अमेरिकी डलर पुगेको छ, जुन अमेरिकाको खेलकुद इतिहासमै कुनै पनि खेलकुद प्रतियोगिताको फाइनलका लागि अहिलेसम्मकै उच्च औसत टिकट मूल्य हो ।
यस्तै, मेटलाइफ स्टेडियमको सेक्सन ११५ ‘ए’ का दुई टिकट प्रतिटिकट २८ हजार ४७९ अमेरिकी डलरका दरले, कुल ५६ हजार ९५८ अमेरिकी डलरमा बिक्री भएको उल्लेख गरिएको छ ।




















प्रतिक्रिया