नेपाली कांग्रेसले माघ २१ गते राष्ट्रव्यापी प्रदर्शनमा भएको लाखौंको सहभागितालाई आभार प्रकट गर्दै छोटोे समयमा भव्य प्रदर्शन अयोजना गर्ने सबै जिल्लाको पार्टी पंक्तिलाई बधाई ज्ञापन गरेको छ ।आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले सबैलाई धन्यवाद ज्ञापन गरेको हो ।
यस्तै,बैठकले सरकारका जनविरोधी कदमहरुका विरुद्ध पोखरामा भएको प्रदर्शनमा गिरफ्तार गरिएका विद्यार्थीहरुलाई तत्का रिहा गर्न सरकारसँग माग गरेको गरेको छ । प्रदर्शनमा पक्राउ परेका विद्यार्थी संघका परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई फौजदारी मुद्दा लगाउने सरकारको तयारी प्रति काँग्रेसले गम्भीर आप्पति प्रकट गरेको छ ।
कुनै पनि कार्यक्रम शान्तिपूर्ण ढंगले गरिनु पर्छ भन्ने प्रष्ट मान्यता रहेको स्पष्ट पादै कांग्रेसले शान्तिपूर्ण प्रदर्शनका क्रममा कतिपय दुःखद घटना पनि हामी कहाँ वर्षौ देखि हुँंदै आएको दृष्टान्त दिदै तिनै निश्चित कुनै घटनालाई आधार मानेर मुद्धा लगाउन नहुने ठहर गरेको छ ।
यस्तै बैठकले,माघ २१ गतेको प्रदर्शन सकिए पश्चात धनुषा, सवैला नगरपालिका वडा नं १० खरियानी टोलका पार्टी सदस्य उमेश कापडीलाई कम्युनिष्ट पार्टीका केही कार्यकर्ताले गरेको सांघातिक हमलालाई गम्भीरतापूर्वक लिएको छ । दोषी माथि कार्वाही गर्न पनि कांग्रेसले सरकार समक्ष माग गरेको छ।
आजको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु— कृष्णप्रसाद सिटौला, महेश आचार्य, बालकृष्ण खाँण, डा नारायण खड्का, डा मिनेन्द्र रिजाल, आनन्दप्रसाद ढुंगाना र मोहनबहादुर बस्नेतले आफ्नो धारणा व्यक्त गरेका थिए। केन्द्रीय कार्यसमितिको बैठक भोलि माघ विहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।
प्रतिक्रिया