Logo

प्रमुख समाचार

सरकार जनताप्रति उत्तरदायी नबने थप आन्दोलन गर्ने कांग्रेसको चेतावनी



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार जनताको दैनिकी सहज बनाउनेतर्फ नलागेर अनावश्यक विषयमा अल्झिएको ठहर गरेको छ ।

कांग्रेस केन्द्रीय समितिको आज बसेको वैठकले माघ २१ गते गरिएको प्रदर्शनमा जनताको उत्साहजनक सहभागिता रहेको ठहर गर्दै सरकार अझै पनि जनताप्रति उत्तरदायी नबने थप आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

कांग्रेसले भेनुजुयेला संकटको सन्र्दभमा सरकार र नेपाल कम्युनिष्ट पार्टीको टिप्पणीलाई अनावश्यक भनेको छ ।

भेनेजुयलाको बारेमा अहिले बोल्नुपर्ने आवश्यकता नै नरहेको भन्दै प्रजातान्त्रिक प्रक्रियाको भने कांग्रेसले सधैं वकालत गर्ने बताएको हो ।बैठकमा पार्टीको महासमिति बैठकले पारित गरेको प्रतिवेदनलाई एकिकृत गर्नेबारे छलफल थालिएको छ ।

प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार  ७ : २६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।